हरेक शुक्रबार एवम् वार्षिकोत्सव तथा अभिभावक दिवस एवं अन्य संघ संस्थाद्धारा आयोजनाहुने हरेक क्रियाकलापमा विद्यालय सहभागीहुने गरेको छ । नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शुरुका वर्षबाट लगातार विद्यालयले ४ वर्ष सम्म राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा प्रथम भएको, नगर स्तरीय हाजिरी जवाफ, वक्तृत्वकला आदि प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय स्थान प्राप्त गरिरहेको छ ।