विद्यालयमा कम्प्युटर ल्याब स्थापनाका लागि सम्बन्धित संघ-संस्था तथा सरकारी निकायसँग पहल गर्ने। ४ कोठे पक्की भवनको निर्माण गरी विद्यार्थीहरूको लागि पर्याप्त कक्षा कोठाको व्यवस्था गर्ने। अभिभावकलाई विद्यार्थीहरूको हाजिरी तथा शैक्षिक प्रगतिबारे नियमित जानकारी गराउने। शिक्षालाई सबै वर्ग र समुदायका लागि समान पहुँचमा पुर्याउने लक्ष्य राख्ने। डिजिटल माध्यमबाट शिक्षक, विद्यार्थी, र अभिभावकबीच निरन्तर सम्पर्क कायम राखी विद्यालयको समग्र शैक्षिक गुणस्तर वृद्धि गर्ने।
