श्री भरत कुमार बस्नेत - प्रधानाध्यापकMr. Bharat Kumar Basnet - Principal
पदRoleप्रधानाध्यापकPrincipal
फोनPhone9848784878
प्रधानाध्यापकको सन्देशMessage from the Principal
श्री भरत कुमार बस्नेतMr. Bharat Kumar Basnet
”
हाम्रो विद्यालयमापनि नगरपालिकामार्फत वेबसाइट निर्माण हुन लागेको हुँदा सारै खुशी लागेको छ । वेबसाइट मार्फत विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई नजीकबनाइने छ । यस विद्यालयलाई संसार सँग परिचित गराउने मौका अवश्यमिल्ने छ । विद्यालयका इतिहास विद्यालयको वर्तमान अवस्था एवम् यस क्षेत्रको पहिचान अवश्य हुनेछ भन्ने विश्वास लिएको छु । विद्यालयको आर्थिक अवस्थाका कारण वेबसाइट निर्माण गर्न नसकेको अवस्थामा पुनर्वास नगरपालिकाले आफ्नो लगानीमा यो कार्य गर्न लागेकोले आदरणिय नगर प्रमुख तोय प्रसाद शर्मा, त्यसै गरी नगर उप प्रमुख, प्रमुख प्रशासकिय, शिक्षाअधिकृत, शिक्षा शाखा प्रमुख शिवराज भट्ट ज्यू लगायत सबैमा मेरो र विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु । यस कार्यले गर्दा हामैो नगरपालिकाको शिक्षाको स्तर केहि माथि गएको आभास भएको छ । जसलाई विद्यार्थी शिक्षकहरुले उत्सुकताका रुपमा हेरी रहेका छन् । यो एउटा सानो सञ्जाल (झ्याल) हो, जहाँबाट संसार चिन्हाउन सकिन्छ । अन्त्यमा यो एउटा सरहानिय सामाजिक कार्य भएकोले यो कार्य सम्पन्न गर्ने जिम्मेवारी लिएको सासा इन्फोसिस प्रा. लि. प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
We are extremely delighted that a website for our school is being developed through the municipality. This website will help bring students, teachers, and parents closer together and will certainly provide an opportunity to introduce our school to the world. I strongly believe it will showcase the school's history, current status, and the identity of this region. Since we were unable to build a website due to the school's financial constraints, the Punarwas Municipality is undertaking this initiative through its own investment. Therefore, on behalf of myself and the school, I would like to express my heartfelt gratitude to the respected Mayor Toya Prasad Sharma, the Deputy Mayor, the Chief Administrative Officer, the Education Officer, Education Section Head Mr. Shivaraj Bhatta, and everyone involved. This initiative gives the feeling that the standard of education in our municipality has risen somewhat, and students and teachers are looking at it with great enthusiasm. This is a small window through which the world can be envisioned. Finally, considering this as a commendable social endeavor, I would like to extend my sincere thanks to Sasa Infosys Pvt. Ltd. for taking on the responsibility of completing this project.