शैक्षिक कार्यक्रम, पाठ्यक्रम, विशेष गतिविधीहरु आदि
क) शैक्षिककार्यक्रम – हरेक शैक्षिक शत्रको शुरुमा नै वार्षिक कार्यतालिका एवम् दैनिक कार्यतालिका निर्माण गरी वि.व्य.स. को बैठकबाट पास गराइ कार्यान्वयन गरीन्छ । नगरपालिका बाट निर्माण गरिने वार्षिक क्यालेन्डर अनुसार विद्यालयका गतिविधीहरु तर्जुमा हुने गर्दछ । विद्यार्थीहरुको शैक्षिक स्थितिका बारेमा अभिभावक भेला गराई अवगत गराइन्छ । शिक्षक स्टाफ बैठकमा समेत शैक्षिक स्थितिलाई कसरी उपलक्धी मुलक बनाउन सकिन्छ भनि छलफल गरीन्छ ।
ख) पाठ्यक्रम – विद्यालयको आफ्नो छुट्टै पाठ्यक्रमभने छैन । नेपाल सरकारले दागु गरेका र पुनर्वास नगरपालिका बाट निर्माण गरिने स्थानिय पाठ्यक्रम मात्रै लागु गरिन्छ ।
ग) विशेष गतिविधीहरु – यस विद्यालयले वार्षिकोत्सव तथा अभिभावक दिवसका दिन विशेष कार्यक्रम गर्दछ । प्रमुख प्रबुद्ध व्यक्तिहरु बोलाई सभा सञ्चालन गर्ने, अभिभावक, शिक्षक, विद्यार्थीहरु पुरस्कृत गर्ने गर्दछ । खेल तथा अन्य क्षेत्रहरुमा विजय प्राप्त गर्ने विद्यार्थीहरुका लागि सम्मान कार्यक्रम समेत गरिन्छ ।