हाम्रो विद्यालयमापनि नगरपालिकामार्फत वेबसाइट निर्माण हुन लागेको हुँदा सारै खुशी लागेको छ । वेबसाइट मार्फत विद्यार्थी, शिक्षक र अभिभावकहरुलाई नजीकबनाइने छ । यस विद्यालयलाई संसार सँग परिचित गराउने मौका अवश्यमिल्ने छ ।
विद्यालयका इतिहास विद्यालयको वर्तमान अवस्था एवम् यस क्षेत्रको पहिचान अवश्य हुनेछ भन्ने विश्वास लिएको छु । विद्यालयको आर्थिक अवस्थाका कारण वेबसाइट निर्माण गर्न नसकेको अवस्थामा पुनर्वास नगरपालिकाले आफ्नो लगानीमा यो कार्य गर्न लागेकोले आदरणिय नगर प्रमुख तोय प्रसाद शर्मा, त्यसै गरी नगर उप प्रमुख, प्रमुख प्रशासकिय, शिक्षाअधिकृत, शिक्षा शाखा प्रमुख शिवराज भट्ट ज्यू लगायत सबैमा मेरो र विद्यालयको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछु ।
यस कार्यले गर्दा हामैो नगरपालिकाको शिक्षाको स्तर केहि माथि गएको आभास भएको छ । जसलाई विद्यार्थी शिक्षकहरुले उत्सुकताका रुपमा हेरी रहेका छन् । यो एउटा सानो सञ्जाल (झ्याल) हो, जहाँबाट संसार चिन्हाउन सकिन्छ ।
अन्त्यमा यो एउटा सरहानिय सामाजिक कार्य भएकोले यो कार्य सम्पन्न गर्ने जिम्मेवारी लिएको सासा इन्फोसिस प्रा. लि. प्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।